आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

अर्थनिती

आयातमा निरन्तर वृद्धि हुँदा त्यसको चापले विदेशी विनिमय सञ्चिती क्रमिक रुपले ओरालो

पछिल्लो केही समय यता आयातमा निरन्तर वृद्धि हुँदा त्यसको चापले विदेशी विनिमय सञ्चिती क्रमिक रुपले ओरालो लागेको छ । शोधनान्तर स्थिति अझै कमजोर हुँदा सरकारी घाटा फराकिलो हुँदै गएको छ । पुँजीगत खर्च वृद्धिको एकोहोरो रटान लगाइरहेको अर्थमन्त्रालयले अन्य तथ्यांक र वास्तविकताका विषयमा भने सोचेको देखिएन...

वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपियो

पौष तेस्रो साता वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दसैं-तिहारमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमै फर्किन थालेपछि बैंकहरूको निक्षेप बढेको हो । नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांक अनुसार पौष तेस्रो साता ९१० गतेदेखि १६ गते सम्ममा वाणिज्य बैंकहरूक...

लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ । सभाले शून्य दशमलव ६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र १३ प्रतिशत बोनस शेयरसहित कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थि...

समानुपातिक प्रदेश सांसदले ५० लाख रुपैयाँ खर्च गर्न पाउने कानूनी बाटो तय

१ नम्बर प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन नियमावली पारित गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन नियमावली पारित गरेको हो । मन्त्रिपरिषद् बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन नियमावली पारित भएस...

धितोपत्र बोर्डले दुई वटा अलग - अलग कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति दियो

नेपाल धितोपत्र बोर्डले दुई वटा अलग - अलग कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले आज बिहीवार छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावरले १०:३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०...

पूँजी बजारबारे पुष्पकमल दाहालको अभिव्यक्ति सान्दर्भिक नभएको इन्भेष्टर्स फोरमका पूर्वअध्यक्षको टिप्पणी

इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएका अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनि अध्यक्ष दाहालले केही दिन अघि दिएका अभिव्यक्ती बिडम्बनापूर्ण भएको पूर...

गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्त सम्ममा मुलुकको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ४४ करोड

गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्त सम्ममा मुलुकको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकले समीक्षा अवधिमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९ खर्ब २८ अर्ब १२ करोड र आन्तरिक ऋण ८ अर्ब ३२ करोड गरी कुल १७ खर्ब २८ अर्ब ४४ करोड तिर्नु रहेको छ ...

सरकारले नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी

सरकारले नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी गरेको छ । सञ्चालन अनुमति दिने तयारी शुरु गरिएको सूचना पाएपछि बिमा समितिमा करिब एक दर्जन नयाँ निवेदन परेका छन् । बिमा समितिले कम्तिमा १० वटा नयाँ कम्पनी थप्ने गरी प्रक्रिया शुरु गरेको स्रोतको दाबी छ । बिमा समितिले चार वर्ष नयाँ बिमा कम्पनीह...

कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई कर्जा

कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले आवेदन गर्न आह्वान गरेको छ । कोरोनाका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने प्रयोजनका साथ केन्द्रीय बैंकले आवेदनका लागि आग्रह गरेको हो । राष्ट्र बैंकले आज इजाजत लिएका क, ख र ग...

विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै नयाँ दर सार्वजनिक

मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै आज बुधबार नयाँ दर सार्वजनिक गरेको हो । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको बताएको छ । मंसिरबाट लागू हुने महसुलदर अनुस...

बिदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशी मुद्रा भित्र्याउन सहज

बिदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन अब भने सहज भएको छ ।नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैंकले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी...

बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार नाै सय जरिबाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरी द्वारा पक्राउ

 उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार नाै सय जरिबाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार नाै सय रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । अहिलेसम्...

५० लाख धरौटीमा कर फछ्र्योट आयोगका सदस्य सचिव चूडामणि शर्मा छुटे

तत्कालीन कर फछ्र्योट आयोगका सदस्य सचिव चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश दिएकोछ । उपस्थित हुने निवेदन हालेर अदालतमा हाजिर भएका शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । धरौटी बुझाएर उनी छुटेका छन्...

सोमबारदेखि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको (आईपीओ) धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला हुने

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको छ । दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतवार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण गरेको छ । न...

विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छिन् । विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । आज मात्र राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले विधेयक प्रमाणीकरणका लागि बिहीबार नै राष्ट्रपति कार्यालय पठाए...

हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना अनिवार्यरुपमा टाँस गर्नु पर्ने

अबदेखि हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना अनिवार्यरुपमा टाँस गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज  एक सूचना निकालेर बैंक तथा वित्तीय संस्थाको सटही काउन्टरमा सेवा लिन आउने सर्वसाधारणले स्पष्ट देख्ने गरी नोटको हिफाजतपूर्ण तरिकाले प्र...

बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले निक्षेपका रुपमा ३० अर्ब पठाउने निर्णय

बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले निक्षेपका रुपमा ३० अर्ब पठाउने निर्णय गरेको छ । विहीबार नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाका  बैंक वित्तीय संस्थाहरुमा नयाँ निक्षेप नथपिएपछि तरलता व्यवस्थापनका लागि निक्षेप पठाएको हो । बुधबार मात्र नेपाल राष्ट्र बैंकले बैंकरवित्तीय संस्थाला...

सरकार परिर्वतन भएसँगै बजेटका विषयमा अन्यौल बढ्दै

सरकार परिर्वतन भएसँगै बजेटका विषयमा अन्यौल बढ्दै गएको छ । देश अहिले बजेट शुन्य र सरकार बेखर्चीको अवस्थामा आएको छ । त्यसैपनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको अवस्था छ । चालु आर्थिक बर्षको २ महिना यसै गुज्रिसकेको छ । यसले यस बर्ष पनि बजेट कार्यान्वयन थप प्रमावित हुने देखिएको छ । अर्को त...

मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकियो

केन्द्रीय बैंकले मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङ मार्फत विद्युतीय रकम ट्रान्सफर गर्द...

ग्लोबल आइएमई बैंकले कुशे औंसी र नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा 'क्यास ब्याक' योजना ल्यायो

ग्लोबल आइएमई बैंकले कुशे औंसी र नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा विशेष 'क्यास ब्याक' योजना ल्याएको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट, डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढाउन क्यास ब्याक योजना ल्याइएको ग्लोबल आइएमई बैंकले जनाएको छ ।    उ...