सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार नाै सय जरिबाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरी द्वारा पक्राउ

बुधबार १३ आश्विन, २०७८ Grace Himalaya 1450


बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार नाै सय जरिबाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरी द्वारा पक्राउ

 उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा १० लाख ६५ हजार नाै सय जरिबाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार नाै सय रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । अहिलेसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज काठमाण्डाैको कपन बालुवाखानीबाट पक्राउ गरेको छ ।  

खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका घर भइ कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपछि प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारेर पीडितलाई ग्लोबल आईएमई बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएकाे ब्युरोका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु