शुक्रबार २ पुष, २०७८
नेपाल धितोपत्र बोर्डले दुई वटा अलग - अलग कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले आज बिहीवार छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावरले १०:३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरधनीहरुका लागि निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१ दशमलव ५ अनुपातमा ३० करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।