बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

सरकारले नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी

बिहीबार १८ कार्तिक, २०७८ Grace Himalaya 1305


सरकारले नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी

सरकारले नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी गरेको छ । सञ्चालन अनुमति दिने तयारी शुरु गरिएको सूचना पाएपछि बिमा समितिमा करिब एक दर्जन नयाँ निवेदन परेका छन् । बिमा समितिले कम्तिमा १० वटा नयाँ कम्पनी थप्ने गरी प्रक्रिया शुरु गरेको स्रोतको दाबी छ ।

बिमा समितिले चार वर्ष नयाँ बिमा कम्पनीहरुका लागि लाइसेन्स बन्द गर्ने निर्णय गरेको थियो । समितिका अध्यक्ष सूर्य सिलवाल भने अहिले लाइसेन्स बन्द नै रहेको र खुलाउने विषयमा कुनै तयारी नगरिएको बताएका छन् । तर ६ र ७ कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएको भने अध्यक्ष सिलवालले स्वीकार गरेका छन् ।

लाइसेन्सका लागि प्राप्त निवेदन दर्ता भने गरिएको स्वीकार गरेका अध्यक्ष सिलवालले निवेदन दर्ता गराए भन्दैमा लाइसेन्स पाईनहाल्ने बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु