आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

आयातमा निरन्तर वृद्धि हुँदा त्यसको चापले विदेशी विनिमय सञ्चिती क्रमिक रुपले ओरालो

सोमबार २६ पुष, २०७८ Grace Himalaya 1534


आयातमा निरन्तर वृद्धि हुँदा त्यसको चापले विदेशी विनिमय सञ्चिती क्रमिक रुपले ओरालो

पछिल्लो केही समय यता आयातमा निरन्तर वृद्धि हुँदा त्यसको चापले विदेशी विनिमय सञ्चिती क्रमिक रुपले ओरालो लागेको छ । शोधनान्तर स्थिति अझै कमजोर हुँदा सरकारी घाटा फराकिलो हुँदै गएको छ । पुँजीगत खर्च वृद्धिको एकोहोरो रटान लगाइरहेको अर्थमन्त्रालयले अन्य तथ्यांक र वास्तविकताका विषयमा भने सोचेको देखिएन । सांसदहरुको कठघरामा उभिएका अर्थसचिव र गभर्नरको प्रस्तुति एक नदीको दुई किनारजस्तै थियो ।

लेखा समिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष बेमौसमी वर्षाले धान नष्ट हुँदा ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर नहुने बताइरहँदा त्यही बैठकमा अर्थसचिव मधुकुमार मरासिनी भने आर्थिक वृद्धिदरले लक्ष्य छुने दावी गर्दै थिए । अर्थतन्त्रमा संकट आइनसकेको बुझाई अर्थसचिव मरासिनीको थियो । जसरी भएपनि आर्थिक वृद्धिको लक्ष्य छुने मरासिनीको तर्कप्रति गभर्नर अधिकारीको सहमति थिएन । मुलुकको विरामी अर्थतन्त्र लिगमा ल्याउने दायित्व बोकेका यी दुई कार्यकारी निकाय प्रमुखको मत नमिलेको वाणीबाट सांसदहरु नै अलमलमा परे ।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले त अर्थमन्त्री असफल बनाउन गभर्नर लागेको आरोप लाउन भ्याए । समिति बैठकमा अर्थसचिव मरासिनीले पुँजीगत खर्चमा सुधार गर्न सके मात्रै सबल हुने भन्दै आगामी माघबाट पुँजीगत खर्चमा सुधार हुने दाबी गरेका छन् । उनले गत वर्षहरुमा रेमिटयान्स घटदा सञ्चिति कम भएको र यो वर्ष माग बढ्दा चाप परेको बताए ।

 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भने ६ महिनाको अन्तसम्ममा अझै शोधनान्तर स्थितिमा चाप पर्ने उल्लेख गर्दै बढ्दो आयातले तरलता संकट बढिरहेको र अर्थतन्त्रमा चुनौती थपिरहेको उल्लेख गरेका छन् । मुलुककै अर्थतन्त्रको मुख्य जिम्मेवारी बोकेको निकाय हो अर्थमन्त्रालय । यसैगरी सरकारको वित्तीय सल्लाहकारको भूमिका केन्द्रीय बैंकले निभाउँछ । यी दुई निकायको बेमेल अभिव्यक्ति अर्थव्यवस्थाका लागि शुभ संकेत होइन ।




मतहरू

houston turf installation

Wonderful article, thanks for putting this together! This is obviously one great post.houston turf installation


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु