सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना अनिवार्यरुपमा टाँस गर्नु पर्ने

शुक्रबार ८ आश्विन, २०७८ Grace Himalaya 1342


हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना अनिवार्यरुपमा टाँस गर्नु पर्ने

अबदेखि हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना अनिवार्यरुपमा टाँस गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज  एक सूचना निकालेर बैंक तथा वित्तीय संस्थाको सटही काउन्टरमा सेवा लिन आउने सर्वसाधारणले स्पष्ट देख्ने गरी नोटको हिफाजतपूर्ण तरिकाले प्रयोग गर्नेसम्बन्धी सूचना टाँस्न निर्देशन दिएको छ । सूचनामा नोट सबैको सम्पत्ति र सभ्यताको प्रतीक भएकाले यसलाई सफा राख्न समेत अनुरोध गरिएको छ ।

यस्तै ‘नोटलाई जतनसाथ प्रयोग गरौँ, मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ, कारोबारको भुक्तानीमा सकेसम्म विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गरौँ’ भन्ने व्यहोरा उल्लेख गर्पनुर्नेछ । यस्तै ‘नोटमा स्टिचको प्रयोग नगरौँ, भुक्तानी कारोबारमा जाली वा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको राष्ट्र बैंकमा वा अन्य बैंकमा खबर गरौँ, नोटमा रङ्ग, पानी, दूध, रगतलगायत नपारौँ’ लगायतका सचेतना जगाउने काम गर्न समेत विभागले अनुरोध गरेको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु