सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

पूँजी बजारबारे पुष्पकमल दाहालको अभिव्यक्ति सान्दर्भिक नभएको इन्भेष्टर्स फोरमका पूर्वअध्यक्षको टिप्पणी

बुधबार २९ मंसिर, २०७८ Grace Himalaya 1239


पूँजी बजारबारे पुष्पकमल दाहालको अभिव्यक्ति सान्दर्भिक नभएको इन्भेष्टर्स फोरमका पूर्वअध्यक्षको टिप्पणी

इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएका अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनि अध्यक्ष दाहालले केही दिन अघि दिएका अभिव्यक्ती बिडम्बनापूर्ण भएको पूर्वअध्यक्ष पौडेलले बताए । पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पूँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी संकलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि दाहालको अभिव्यक्ति विल्कुल गलत तथा समय सान्दर्भिक नभएको बताए ।

 

पौडेलले पछिल्लो ७३ दिनमा नेपाली शेयर बजारको पुँजी ३० प्रतिशतले घटेको बताए । पछिल्लो समय लगानीकर्ताले प्रत्येक दिन १६ अर्ब ६६ करोड रुपैयाँ नोक्शानी भोगिरहेको पौडेलले बताए । नेपालको इतिहासमा छोटो समयमा शेयर बजार यति धेरै घटेको पहिलो पटक भएको पनि बताए । यसैगरी, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले दाहालको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरित भएको बताइन । अध्यक्ष पोखरेलले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताइन ।

उनले पछिल्लो समय शेयर बजार पुँजीपति वर्गले मात्रै नभएर सडकमा बसेर साग बेच्ने देखि गृहिणी र विद्यार्थीको लागि समेत भएको बताइन । ४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने उनको धारणा छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु