बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

बाजुरा डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा देशभर बाट उत्कृष्ट ।। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट

मंगलवार १६ भाद्र, २०८३ शिवराम मगर काठमाडौं 1032


बाजुरा डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा देशभर बाट उत्कृष्ट ।।  जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट

बाजुरा डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा देशभर बाट उत्कृष्ट ।।

ग्रेश हिमालय काठमाडौं १६ सोमबार २०८३ भदौ (शिवराम मगर  )

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुन सफल हुनुभएको छ ।व्यावसायिक, अनुशासित र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित उहाँले उत्कृष्ट कार्यसम्पादनमार्फत यो सफलता हासिल गर्नुभएको हो ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन तथा विभिन्न निकायसँगको प्रभावकारी समन्वयमा उहाँले उल्लेखनीय नेतृत्व देखाउनुभएको छ । भौगोलिक रूपमा विकट जिल्ला बाजुरामा घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण तथा गाँजा फडानीजस्ता सामाजिक विकृतिविरुद्ध उहाँको नेतृत्वमा प्रहरी टोलीले सक्रिय रूपमा काम गर्दै आएको छ ।

यस्तै, हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झ"ड"पको अनुसन्धानका क्रममा उहाँ स्वयं घटनास्थलमा पुगेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यस उपलब्धिले उहाँको कर्तव्यनिष्ठा, नेतृत्व क्षमता र जनसेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ । डीएसपी शैलेश्वरी बोहरालाई हार्दिक बधाई तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना । 

समाचार श्रोत मल्ल जि




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु