सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

सोमबारदेखि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको (आईपीओ) धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला हुने

आईतवार १० आश्विन, २०७८ Grace Himalaya 1280


सोमबारदेखि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको (आईपीओ) धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला हुने

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको छ । दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतवार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण गरेको छ । नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस कारोबार संकेत दिएको छ ।

 

 

 

 

 

पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । लघुवित्तले साउन २७ देखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका सर्वसाधारणहरूका बिक्री गरेको थियो ।

 

जुन शेयर भदौ ७ गते सोमबार ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको थियो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ३ कित्ता शेयर गोलाप्रथाबाट १० कित्ता पाएकामध्ये ३ जनालाई थप १ कित्ता गरेर कूल ११ कित्ता वितरण गरिएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु