सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकियो

बुधबार ३० भाद्र, २०७८ Grace Himalaya 1269


मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकियो

केन्द्रीय बैंकले मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङ मार्फत विद्युतीय रकम ट्रान्सफर गर्दा निश्चित तहसम्मको अधिकतम शुल्क मात्र लिन पाउनेछन् ।

जसअनुसार सेवाप्रदायकले ५० हजार रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार अधिकतम १० रुपैयाँ सेवा शुल्क लिन सक्नेछन् । त्यस्तै ५० हजार रुपैयाँभन्दा माथि एक लाख रुपैयाँसम्मको रकम ट्रान्सफर गर्दा प्रति कारोबार अधिकतम २० रुपैयाँ र त्यसभन्दा माथि प्रति कारोबार अधिकतम ३० रुपैयाँको सीमा तोकिएको छ । यसअघि यस्तो शुल्क सम्बन्धी स्पष्ट व्यवस्था भएको थिएन । जसले गर्दा सेवाप्रदायक बीच सेवा शुल्कमा भारी अन्तर देखिने गरेको थियो । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु