बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

खाडादेवीको सांस्कृतिक यात्रामा नयाँ पुस्ताको नेतृत्व : सन्दिप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

आईतवार ३१ श्रावण, २०८३ जानुका थापा 1170


खाडादेवीको सांस्कृतिक यात्रामा नयाँ पुस्ताको नेतृत्व : सन्दिप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

खाडादेवीको सांस्कृतिक यात्रामा नयाँ पुस्ताको नेतृत्व : सन्दिप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

जानुका थापा सम्बाददाता 

ग्रेश हिमालया काठमाडौं ३०। रामेछाप सांस्कृतिक कलाकार समाजअन्तर्गत खाडादेवी गाउँपालिकाको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन २०८३ साल साउन ३० गते काठमाडौंको जडीबुटीस्थित आशीर्वाद प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय कलाकारहरू, रामेछापका दिग्गज कलाकारहरू तथा उल्लेख्य संख्यामा दर्शकहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले खाडादेवी गाउँपालिका–१ का युवा तथा नवप्रतिभाशाली कलाकार सन्दिप श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।
कलाकारिता, सामाजिक सेवा र सिर्जनात्मक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका श्रेष्ठ नयाँ पुस्ताका सम्भावनाशील प्रतिभाका रूपमा परिचित छन्। उनले चर्चित गायक प्रमोद खरेलका विभिन्न गीतहरूमा उत्कृष्ट मोडलिङ तथा अभिनय समेत गरिसकेका छन्। कला क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै समाजप्रतिको जिम्मेवारी र सेवाभावलाई समेत आत्मसात् गर्दै आएका श्रेष्ठको नेतृत्वमा अब खाडादेवीको सांस्कृतिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
राष्ट्रिय कलाकारहरू, रामेछापका अग्रज तथा दिग्गज कलाकारहरू, कला–संस्कृतिप्रेमी व्यक्तित्वहरू र दर्शकहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप भव्य र जीवन्त बनाएको थियो। आफ्नो माटो, मौलिक संस्कृति र कलाकारिताप्रतिको प्रेम बोकेर उपस्थित दर्शकहरूको उत्साहले कार्यक्रमस्थललाई सांस्कृतिक ऊर्जाले भरिएको थियो।
अधिवेशनका प्रमुख अतिथि खाडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानक्रम श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवाको नेतृत्वमा बनेको नयाँ टिमले सांस्कृतिक क्षेत्रको विकास र कलाकारहरूको हितमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे।
उनले नयाँ पुस्तासँग ऊर्जा, सिर्जनशीलता र केही नयाँ गर्ने हुटहुटी हुने भन्दै त्यसलाई सही दिशामा प्रयोग गर्न सके समाज र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।
कला केवल मनोरञ्जन होइन, समाजको ऐना पनि हो। गाउँघरका कथा, संस्कृति, परम्परा, भाषा, भेषभूषा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक पहिचानलाई जोगाउने महत्वपूर्ण माध्यम कलाकारिता हो। त्यसैले नयाँ पुस्ताको नेतृत्वमा गठन भएको यो समितिलाई एउटा सामान्य कार्यसमिति मात्र नभई खाडादेवीको कला, संस्कृति र प्रतिभालाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी बोकेको यात्राको सुरुवातका रूपमा हेरिएको छ।
नवनिर्वाचित अध्यक्ष सन्दिप श्रेष्ठसहितको नयाँ कार्यसमितिले स्थानीय कलाकारको पहिचान र प्रोत्साहन, नयाँ प्रतिभाको खोजी तथा संरक्षण, सांस्कृतिक कार्यक्रमको प्रवर्द्धन र खाडादेवीको मौलिक कला–संस्कृतिलाई व्यापक रूपमा चिनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।
पुरानो पुस्ताले जोगाएको संस्कृति र नयाँ पुस्ताले बोकेको सिर्जनशीलताको संगम नै भोलिको समृद्ध सांस्कृतिक पहिचान हो। यही विश्वासका साथ सन्दिप श्रेष्ठको नेतृत्वमा खाडादेवीको सांस्कृतिक यात्राले नयाँ अध्याय सुरु गरेको छ।
राष्ट्रिय कलाकार, रामेछापका अग्रज कलाकार, स्थानीय प्रतिभा र कला–संस्कृतिप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनले खाडादेवीको सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउने नयाँ आशा र उत्साहसमेत सञ्चार गरेको छ।
नवनिर्वाचित अध्यक्ष सन्दिप श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु