बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपियो

मंगलवार २० पुष, २०७८ Grace Himalaya 1538


वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपियो

पौष तेस्रो साता वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दसैं-तिहारमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमै फर्किन थालेपछि बैंकहरूको निक्षेप बढेको हो । नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांक अनुसार पौष तेस्रो साता ९१० गतेदेखि १६ गते सम्ममा वाणिज्य बैंकहरूको निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । पौष पहिलो साता दुई अर्ब रुपैयाँले वृद्धि भएको निक्षेप दोस्रो सातामा चार अर्ब रुपैयाँले घटेको थियो ।

 

वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धि भए पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । नेपाली मुद्राको निक्षेप २० अर्बले वृद्धि हुँदा विदेशी मुद्राको निक्षेप ६ अर्बले घटेको छ । यसैगरी पौष तेस्रो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यस अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले बताएको छ ।

 

निक्षेप वृद्धि भएपछि बैंकहरूको कर्जा (निक्षेप सिडी रेसियो अनुपातमा सुधार आएको छ । गत शुक्रबार सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९०।५४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु