आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

"राजनीतिसंग मात्र हैन रोजगार संग पनि जोडिनु पर्छ युवा हरु!" देशले मुहार फेर्छ श्रृजना तामाङ्ग

मंगलवार ३० आश्विन, २०८० Grace Himalaya 2260


"राजनीतिसंग मात्र हैन रोजगार संग पनि जोडिनु पर्छ युवा हरु!" देशले मुहार फेर्छ श्रृजना तामाङ्ग

 

काठमाडौं३० असोज – सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा ३ साबिक गुम्बामा क्षेत्रमा उत्पादन भएको शुद्ध अर्ग्यानिक आलुले उपत्यकामा सन्तोषजनक बजार पाइरहेको छ ।

सिन्धुपाल्चोकको प्रसिद्ध पर्यटकीय स्थल राजधानीको नजिकको हिमाल जुगलको फेदीमै फलेको अर्ग्यानिक आलु काठमाडौँ उपत्यकामा भित्रिएको हो । एसका अभियन्ता हुन श्रृजना तामाङ्ग 

जुगल गाउँपालिका निवर्तमान उपाध्यक्ष श्रृजना तामाङ्ग २४ वर्षको उमेरमा नै उपाध्यक्ष बनेकी श्रृजना तामाङ्ग देशकै कान्छी उपाध्यक्षकाे नामले पनि चिनिन्छ उनी नेकपा एमाले पार्टी बाट उमेद्वार बनेकी थिइन् 

सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगलमा उत्पादित पहेँलो  रातो र सेतो आलु होलसेल मुल्यमा भक्तपुर गठ्ठाघर चोकनजिकै पाँच सय मीटर भित्र सानोठिमी मार्ग बाट बिक्री वितरण भइरहेको छ । विशेष गरी विभिन्न जिल्ला वाट उपत्यका बसाइँ गरेका र त्याहि बसोबास गर्नेहरूले यो आलु रुचिका साथ खरिद गरिरहेका छन् 

 

स्थानिय कृषकहरुको प्रोत्साहनकालागी ठुलै जोखिम मोलेर यो व्यवसायमा लागेको बताउँदै तामाङ भन्छिन् ‘सुरुमा त मार्केट के होला भन्ने डर थियो । अहिले त सम्पर्क गर्नेहरुलाई दिन पनि -मुस्किल परेको छ । माग धेरै छ उत्पादन कम छ र गाउँ वाट यहाँ सम्म ल्याउन ढुवानीको नि समस्या रहेको छ ।’

 

उनले मिडिया तथा समाजिक सञ्जाल मार्फत प्रचार प्रसार भएपछी आफुलाई थप हौसला प्राप्त भएको भन्दै उनले भनिन् ‘पहिला उपभोक्ताले जुगलको आलु कस्तो भन्ने चिन्नुभएको थिएन, जब उहाँहरुले आलु चिन्नुभयो अहिले एकदमै राम्रो प्रतिक्रिा दिनु भएको छ । टाढाटाढादेखि जुगलको आलु किन्न भनेर मानिसहरु आउनुहुन्छ र बोरा बोरा लिएर जानुहुन्छ । म उत्साहित भएकी छु। जुगलको लेकमा फलेको आलु खान पाउनेहरु यसको अर्गानिक स्वादमा लोभिइसक्नु भएको छ ।’

 

गाउँको वर्षभरिको अन्नबाली आलु भएको र राम्ररी भण्डारण गर्न सके एक वर्षसम्म केही नहुने उनले बताइन् । त्यही आलु खाएर हुर्केकी उनले गाउँमा बिहान नास्ता देखि खाना र खाजा सबैमा आलु हुने बताइन्

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु