सोमबार ७ भाद्र, २०७८
कोरोना संक्रामनका कारण गोसाईँकुण्ड क्षेत्र विकास समिति रसुवाले मेला स्थगित गरेको भएता पनि जनैपूर्णिमाको अवसरमा यस वर्ष पाँच हजारभन्दा धेरै तीर्थयात्रीले मेला भरेका छन् । रसुवामा सवारी साधन सञ्चालन गर्न दिइएको र बाटो खुला भएका कारण यस पटक तीर्थयात्रीको आगमन बढेको हो । गएकाे वर्ष झन्डै एक हजार तीर्थयात्री मात्र आएका थिए ।
२०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । धुन्चे–गोसाईँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डाै–सुन्दरीजल–हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री आएका थिए । रसुवाकाे पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन् ।