सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

८ जना नेपालीको शव सहित १६ जनाको अस्तु पनि मलेसियाबाट नेपाल ल्याइयो

शनिबार ५ भाद्र, २०७८ Grace Himalaya 1388


८ जना नेपालीको शव सहित १६ जनाको अस्तु पनि मलेसियाबाट नेपाल ल्याइयो

वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएका ती ८ जना नेपाली कामदारको शव शनिबार नेपाल ल्याइएको हो । शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ ।

उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएका थिए । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको संक्रमणका कारण समेत ज्यान गुमाएका थिए । ती शवहरुलाई आजै आफन्तलाई जिम्मा लगाइने जनाइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु