मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

अमेरिकामा रहेको कुनै पनि अफगानी सम्पत्ति तालिबानलाई उपलब्ध नगराइने

मंगलवार १ भाद्र, २०७८ Grace Himalaya 1450


अमेरिकामा रहेको कुनै पनि अफगानी सम्पत्ति तालिबानलाई उपलब्ध नगराइने

अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूहलाई पहुँच नदिइने भएकाे छ । अमेरिकी प्रशासनका अधिकारीहरूले अमेरिकामा रहेको कुनै पनि अफगानी सम्पत्ति तालिबानलाई उपलब्ध नगराइने बताइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर, यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ ।संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु