शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यस्तो टिप्पणी

शुक्रबार २२ श्रावण, २०७८ Grace Himalaya 1320


प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यस्तो टिप्पणी

सांसदलाई आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप खेपेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने भन्ने अभिब्यक्ति दिएका छन । बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्काशन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ भन्दै आफूमाथिको आरोपलाई हलुका ढंगमा लिएका छन् ।

उल्लेखनीय छ, लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखिएको आरोप लगाएकी हुन् । उनले सबैजना आराम गरिरहेको मौका छोपेर शौचालयको चप्पल लगाएकै अवस्थामा आफू त्यहाँबाट भाग्न सफल भएकोसमेत बताएकी छन् । पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य वली स्वयंले मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाए पनि फेसबुकमार्फत प्रतिकारात्मक टिप्पणी गरेका पोखरेलले ‘प्रतिपक्षी आरोप’ का रुपमा हलुका ढंगले लिएको देखिन्छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु