बिहीबार १४ आश्विन, २०७८
काठमाण्डौको नयाँ बानेश्वरमा स्कुटर र बाइक ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । एभरेष्ट अस्पताल अगाडि बुधबार साँझ भएको दुर्घटनामा परेका व्यक्ति को हुन् भन्ने पूर्ण पहिचान अहिले सम्म भएको छैन । राजेश नाम र बतास फाउन्डेशनको परिचय खुल्ने कागजात भेटिएको छ ।
घाइतेलाई एभरेष्ट अस्पतालमा उपचारका लागि लगिएको छ । तर अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भनेकोले उनको सम्पर्क व्यक्ति खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका व्यक्ति अचेत रहेकाले सोधपुछ गर्न समस्या भइरहेको प्रहरीले जनाइएको छ ।