सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

नेकपा एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार

मंगलवार १ भाद्र, २०७८ Grace Himalaya 1431


नेकपा एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार

 नेकपा एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार भएको छ । अहिले दलको सम्पूर्ण डकुमेन्ट तयार भइसकेको छ । स्रोतका अनुसार नयाँ दलको नाम समेत जुरिसकेको छ । कम्युनिस्ट र समाजवादी शब्द राख्ने गरी यसलाई माधव नेपाल र बामदेव गौतम बसेर अन्तिम टुंगो लगाउने छन् । उनीहरुले दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालसँग पनि परामर्श गर्ने बुझिएको छ । 

नयाँ दलका लागि डकुमेन्ट घनश्याम भुसालले तयार गरेका हुन् भने भुसाललाई नै नयाँ दलको महासचिव बनाउने गरी नेपाल र गौतमले सहमति बनाएको स्रोतल बताएको छ । सुरेन्द्र पाण्डेको पनि नाम आएकोमा उनी नेपाल पक्षमा आउने नआउने टुंगो लागेको छैन ।

यसैगरी, नयाँ दलमा माधव नेपाल नै अध्यक्ष रहने बुझिएको छ । झलनाथ खनाल र बामदेव गौतमले वरिष्ठ नेता या सहअध्यक्षमध्ये कुनै पद पाउने बुझिएको छ । एमालेमा रहँदा स्थायी कमिटीमा रहेका र केन्द्रीय कमिटीमा रहेकाहरुले महत्वपूर्ण जिम्मेवारी पाउने गरी तयारी गरिएको छ । सांसद भएकाहरुले पनि पार्टी कमिटीमा महत्वपूर्ण जिम्मेवारी पाउने बुझिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु