बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

माधव कुमारले गठन गर्ने नयाँ पार्टीमा उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई नजाने

बुधबार २ भाद्र, २०७८ Grace Himalaya 1302


माधव कुमारले गठन गर्ने नयाँ पार्टीमा उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई नजाने

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमारले गठन गर्ने नयाँ पार्टीमा केहि स्थायी कमिटी सदस्यहरू सहभागी नहुने भएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरे सँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेको छ । नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला भैरहेका छन् । जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा रहेका छन् ।

नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको खबर प्राप्त छ । प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको एक केन्द्रीय सदस्यले बताए छन् । तर, उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने भएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु