बिहीबार ३१ भाद्र, २०७८
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिकै सुर्खेतदेखि जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बांगेसिमलबाट खटिएको प्रहरीले घाइते भएका ११ जनालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेततर्फ पठाएको छ ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर तथा ६ जना सामान्य रहेका छन् । हाल फरार गाडी चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।