शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

रोल्पामा बस दुर्घटना हुँदा चालक वीरमान घर्तिमगर सहित ४ जनाको मृत्यु

शुक्रबार ३ मंसिर, २०७८ Grace Himalaya 1274


रोल्पामा बस दुर्घटना हुँदा चालक वीरमान घर्तिमगर सहित ४ जनाको मृत्यु

रोल्पामा आज बिहीबार बेलुका ६ बजे बस दुर्घटना हुँदा चालक वीरमान घर्तिमगर सहित ४ जनाको ज्यान गएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका-४ तालाबाङको तार्केबाङ सडक खण्डमा दुर्घटना भएको थियो । साँझ ६ बजेतिर तार्केबाङ स्थित जलजला होटेलको नजिकैको सहिद मार्गबाट बस माडी खोलामा खसेको हो । बस सडकबाट करिव १ सय फिट तल खोलामा खसेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जनाएका छन् ।

दुईजनाको शव निकालिएको छ भने दुईको शव बसले च्यापेका कारण निकाल्न सकिएको छैन । प्रहरीले मृतकको सनाखत भैनसकेको जनाएको छ ।दुर्घटनामा १८ जना घाइते छन् । १२ जनाको जना घाइतेको घर्तीगाउँ स्थित स्मृति हस्पिटलमा र ६ जनाको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिंदैछ । स्मृति हस्पिटलमा प्राथमिक उपचारपछि ३ जनालाई रोल्पा अस्पताल रेउघा रेफर गरिएको उद्दारमा सक्रिय युवा पशुपति घर्तीले जनाएका छन् । घाइते केहीको अवस्था सामान्य रहेको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु