मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

तीन साता पुग्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै देउवा सरकार माथि आलोचना

बुधबार २० श्रावण, २०७८ Grace Himalaya 1327


तीन साता पुग्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै  देउवा सरकार माथि आलोचना

नेकपा माओवादी केन्द्र भित्र शेर बहादुर देउवा सरकारमा मन्त्री थप गर्ने विषय पेचिलो हुदै गएको छ । माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुको नाम नदिँदा प्रधानमन्त्री बनेको ३ हप्ता पुग्दापनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन । पाँच दलीय गठबन्धन समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा असार २९ मा प्रधानमन्त्री भएका हुन । सोही दिन उनले कांग्रेसका २ र माओवादीका २ जनालाई समावेश गरेर मन्त्रिमण्डल गठन गरेका गरिसकेका छन । तीन साता पुग्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै आलोचना प्रधानमन्त्रीले खेपिरहेका छन ।

उता, एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने, नहुने अन्योलताले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । सत्ता गठबन्धनको बैठकमा नेपाल समूहबाट प्रतिनिधित्व गरेर पुगेका डा. विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए । नेपाल पक्षका केही सांसद भने आफूहरू सरकारमा सहभागी हुने कुरा सार्वजनिक रुपमा भन्दै आएका छन् ।  

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु