सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा केही दिनअघि भएको तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न माग

बुधबार १६ भाद्र, २०७८ Grace Himalaya 1457


सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा केही दिनअघि भएको तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न माग

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर, सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा केही दिनअघि भएको तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ । यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षणसमेत भएको महासंघले जनाएको छ ।

 

 

 

स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले जनतालाई रोजगारी र उक्त क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा सहयोग पुर्‍याइरहेको हुन्छ । तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जबर्जस्ती उद्योग परिसरमा प्रवेश गरी सरसामान, मेसिन, पार्किङ गरी राखिएका सवारीसाधन तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दु:खद कुरा हो, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु