बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

मंगलवार २१ मंसिर, २०७८ Grace Himalaya 1201


मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

रुकुममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको छ । बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको उक्त बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो ।

 

 

दुर्घटनापछि बसका चालक सम्पर्कमा आएका छैनन् । उनी घाइते भए वा यसबारे केही नखुलेको प्रहरीले बताएको छ । घाइतेहरूको उपचार सुरु भैसकेको छ । घटनाको कारणबारे केही खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीयहरूले भने ठूलो झरीका कारण उक्त सडक चिप्लो हुँदा बस चिप्लिएको हुनसक्ने अनुमान गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु