सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

अफगानिस्तानबाट सोमबार पनि १ सय ४९ जना नेपाली काठमाडौं आइपुगे

मंगलवार ८ भाद्र, २०७८ Grace Himalaya 1329


अफगानिस्तानबाट सोमबार पनि १ सय ४९ जना नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानबाट सोमबार पनि १ सय ४९ जना नेपाली काठमाडौं आइपुगेका छन् । यो सहित अहिलेसम्म कुल ६ सय ५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भएको छ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीको उद्धार र स्वदेश फिर्ती जारी रहेको जनाएको छ । मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र  कतार एयरको उडानबाट १ सय ४ जना स्वदेश फर्किएका छन् । 

काठमाडौं उत्रिएका उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसी स्थित सरकारी होल्डिङ सेन्टरमा कोरोना परीक्षण गरिएको मन्त्रालयले बताएको छ।अफगानिस्तानबाट उद्धार गरिएका कैयौं नेपाल दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका र उनीहरूलाई स्वदेश ल्याउन प्रयास गरिरहेको पनि मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्रको वेब पोर्टलमा सोमबार बेलुकी ५ बजेसम्म थप ३ सय ६१ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । काबुलमा नागरिक उड्डयन सेवाको जहाज अवतरण अनुमति नपाएकाले त्यहाँ रहेका बाँकी नेपालीको उद्धारका लागि अमेरिका,बेलायत लगायत मित्रराष्ट्र सँग सहकार्य र समन्वय भैरहेको पनि मन्त्रालयले बताएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु