बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

सिन्धुपाल्चोकमा प्रसाद खाँदा करिब ३० जना बिरामी

आईतवार १७ श्रावण, २०७८ Grace Himalaya 1316


सिन्धुपाल्चोकमा प्रसाद खाँदा करिब ३० जना बिरामी

गत बिहीबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ चापाबोट चालिसे गाउँको एउटा घरमा पूजामा प्रसाद खाएकाहरुलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिएकि छिन् । उनले भनिन्, पूजाको प्रसाद खाँदा करिब ३० जना बिरामी भएपछी 'सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव भएन । हामी बिहान स्वास्थ्यकर्मी सहितको टोली लगेर उपचार गरेर फर्केका छौँ । ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याएका छौँ ।' 

अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेतउनले जानकारी दिएकि छिन् । फुडपोइजनको कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु