शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

 आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा २२० रुपैयाँ बढायो

सोमबार २९ कार्तिक, २०७८ Grace Himalaya 1176


 आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा २२० रुपैयाँ बढायो

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले आज आइतबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा २२० रुपैयाँ वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो ।

सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि २२० रुपैयाँ बढेको छ । संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । आजैदेखि यो भाडादर लागू गरिएको छ । काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क १७० रुपैयाँ बढेको छ ।

 

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु