सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

नगद ६० हजार दुई सय ९५ रुपैयाँ र एक बुक तास सहित ७ जना जुवाडे पक्राउ

मंगलवार ८ भाद्र, २०७८ Grace Himalaya 1436


नगद ६० हजार दुई सय ९५ रुपैयाँ र एक बुक तास सहित ७ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले जुवा खेल्दै गरेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ४ जितौरेमा हारजितको बाजी राखी जुवा खेलेको अवस्थामा आइतबार राति साढे ११ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङ दोर्दी गाउँपालिकाका ६ जना र दूधपोखरी गाउँपालिकाका एकजना रहेका छन् ।

स्थानीय प्रहरी चौकी श्रीमज्याङ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले उनीहरूको साथबाट नगद ६० हजार दुई सय ९५ रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु