आईतवार १७ श्रावण, २०७८
जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुर स्थित उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका – ४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलको कोठा नम्बर ३०१ बाट उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुबाट नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ, ४ सय १२ पत्ती तास र वाइल्ड किंग लेखिएको सिलप्याक तास बुक ८ थान बरामद गरिएको प्रहरीले जानकारी गराएको छ । पक्राउ पछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।