सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

७८ करोड बजेट छुट्टयाईदा पनि बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणको शिलान्यास हुन सकेन

बिहीबार ३ भाद्र, २०७८ Grace Himalaya 1226


७८ करोड बजेट छुट्टयाईदा पनि बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणको शिलान्यास हुन सकेन

नेपालगञ्ज – बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको ६ महिना हुँदा समेत टेण्डर सम्म हुन सकेको छैन । २०७७ फागनु ११ गते तात्कालिन उद्योग मन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म त्यहाँ संरचनाहरु निर्माणका लागि टेण्डर सम्म हुन सकेको छैन । 

औद्योगिक क्षेत्र निर्माण गरिने भनेर छुट्याइएको करिब ७० विगाह क्षेत्रमा २ सय ५९ परिवार सुकुम्बासी बस्दै आएका छन् । सुकुम्बासीले आफूहरुको बसोबासको वैकल्पिक व्यवस्था नहुँदासम्म औद्योगिक क्षेत्र निर्माण गर्न नदिने चेतावनी दिँदै आएका छन् । सुकुम्बासीले आफूहरुको वैकल्पिक व्यवस्था नगरी औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भन्दै नाराबाजी तथा प्रर्दशन समेत गरेका थिए ।

औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तत्कालिन उद्योग मन्त्री भट्टले सुकुम्बासीको समस्या हल गरेरै औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको ६ महिना बिते पनि सुकुम्बासीको समस्या समाधान गर्ने र औद्योगिक क्षेत्र निर्माण तर्फ कुनै प्रगति भएको छैन ।नौबस्ता औद्योगिक क्षेत्रका व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले संरचना निर्माणका लागि ७८ करोड बजेट छुटाइएका कारण छिट्टै टेन्डर निकालेर काम शुरु गर्ने तयारी भइरहेको बताए छन् । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु