बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

एआइजी टेक तामाङ द्वारा वढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानि चिह्न शुसोभन

आईतवार १९ श्रावण, २०८२ शिवराम मगर काठमाण्डौं 1335


एआइजी टेक तामाङ द्वारा वढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानि चिह्न शुसोभन

 

ग्रेस हिमालय काठमाण्डौ २०८२/४ १८ आईतबार 

शिवराम मगर 

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी टेक तामाङको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

 

बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुमा, प्रहरी नायव निरीक्षक दिपक गिरी र प्रहरी नायव निरीक्षक देव शंकर खड्का हुनुहुन्छ ।

 

दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका जुनियर प्रहरी अधिकृतहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो

कर्यक्रममा  प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना लगाएत विभिन्न प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु