आईतवार ३१ श्रावण, २०७८
अनेरास्ववियूका केन्द्रीय सदस्य सागरहरी अधिकारी माथी काठमाडौंमा अज्ञात समूह द्वारा सांघतिक आक्रमण भएको छ । शुक्रबार साँझ कोटेश्वर स्थित एक होटलमा चिसो खाइ रहेको अवस्थामा दुई जना व्यक्तिले उनलाई आक्रमाण गरेका हुन् ।
मन्थली नगरपालिका वडा नं १२ गेलु घर भएका अधिकारी आफ्नै गाउँका साथीहरुसँग चिसो पेय पदार्थ खाई रहेको बेला दुई जना अपरिचित व्यक्तिले बोतलले टाउको र अनुहारमा आक्रमण गरेर भागेको र उनको टाउकोमा गहिरो चोट लागेको अनेरास्ववियूका केन्द्रीय सदस्य नेत्र बुढाथोकीले बताए छन् । उनका अनुसार अधिकारीको अहिले नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमण गरेर फरार रहेका दुई जनाको महानगरीय प्रहरी वृत्त कोटेश्वरले खोजी गरीरहेको पनि बुढाथोकीले बताए । अज्ञात समूह आक्रमण गरेर भागेको भएपनि घटना योजनाबद्ध भएको केन्द्रीय सदस्य नेत्र बुढाथोकीको भनाई रहेको छ । अधिकारी मन्थली नगरपालिका वडा नं १२ का वडाध्यक्ष कृष्णहरी अधिकारीको छोरा समेत हुन् ।