मंगलवार १४ श्रावण, २०८२
भाटभटेनीद्वारा प्रहरीलाई विपद्जन्य उद्धार सामग्री हस्तान्तरण
पो सीमालाई ग्रेस हिमालय काठमाडौँ साउन १३ मङ्गलबार २०८२
काठमाडौं : नेपालमा व्यवसायको दौडानमा छुट्टै पहिचान बनाउन सफल भाटभटेनी सुपरमार्केटले विपद्जन्य उद्धारका लागि नेपाल प्रहरीलाईआवश्यक सामग्री सहयोग गरेको छ ।
आज सुपरमार्केट्सका सञ्चालक कल्याण गुरुङ, डा. प्रतीक गुरुङ, कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीलाई र्याफटिङ बोट, लाइफ ज्योकट, थ्रो ब्यागलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।
काठमाडौंको नदी किनाराका बस्तीहरुमा बाढी पस्यो र उद्धारको आवश्यकता भयो भने उक्त सामग्री सहयोगी हुने एसएसपी अधिकारीले बताए ।