आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

बागमती प्रदेशका कानुनमन्त्री लामिछाने द्वारा ट्राफिक प्रहरी कार्यालय रामेछापको भवन उद्घाटन

शुक्रबार १० श्रावण, २०८२ शिवराम मगर काठमाण्डौं 1163


बागमती प्रदेशका कानुनमन्त्री लामिछाने द्वारा ट्राफिक प्रहरी कार्यालय रामेछापको भवन उद्घाटन

 

ग्रेस हिमालय काठमाडौँ साउन ९ शुक्रबार विक्रम सम्वत २०८२

रामेछाप - बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामेछापको भवन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआईजी अरुण पौडेलबाट समुद्घाटन गरिएको छ ।

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय आनन्द कुमार श्रेष्ठ, मन्थली नगरपालिकाका नगर प्रमुख, जिल्ला, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, सञ्चारकर्मीहरु, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

साथै नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय , रामेछापको प्रशासनिक भवन निर्माणमा योगदान पुर्याउनु हुने निर्माण व्यावसायी एवम् प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र तथा जग्गादाताहरुलाई दोसल्ला सहित सम्मान पत्र वितरण गर्नु भ साथै आमन्त्रित अतिथीहरुलाई स्वागत गरिएको र कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुखज्यूबाट प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान एवम् धन्यवाद मन्तव्य राखि कार्यक्रम सम्पन्न गरिएको छ।

समाचार स्रोत नव  जनप्रहार




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु