मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

डिएसपी कृष्ण चन्दको विशेष योगदानमा एउटा सफल र उदाहरणीय उदा उत्कृष्ट कार्य भएको छ।

बिहीबार ५ असार, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1079


डिएसपी कृष्ण चन्दको विशेष योगदानमा एउटा सफल र उदाहरणीय उदा उत्कृष्ट कार्य भएको छ।

 

ग्रेस हिमालय काठमाडौँ असार ५ बिहिबार २०८२

प्रहरी जनसेवा 

काठमाडौँ: वर्षौंदेखि कार्यालयमा थन्किएर बसेको पुरानो थुनुवा ओसार्ने टोयोटा भ्यानलाई प्रहरी वृत्त जनसेवाले पुनः मर्मत गरी ‘स्मार्ट अपरेसनल भ्यान’ मा रूपान्तरण गरेको छ।

 

प्रहरी नायब उपरीक्षक डिएसपी कृष्ण चन्दको विशेष पहलमा यो भ्यान अब अपराध अनुसन्धान, विपद् व्यवस्थापन र अपरेसनका लागि बहुउपयोगी बन्न पुगेको छ।

 

प्रहरी वृत्त जनसेवाका डिएसपी कृष्ण चन्दका अनुसार भ्यानमा घटनास्थलको सुरक्षाका लागि आवश्यक सबै सामग्री—जस्तै क्यामेरा, कम्प्युटर, प्रिन्टर, सोको किट बक्स, उद्धार सामग्री, र अनुसन्धान अधिकृतहरूले प्रयोग गर्ने पोशाक—समावेश गरिएको छ ।

 

भ्यानमा वायरलेस इन्टरनेट सुविधा, ३० दिनसम्मको भिडियो रेकर्ड गर्ने क्षमतायुक्त सीसीटीभी, र भारतबाट मगाइएको विशेष साइरनसमेत जडान गरिए छ ।

समाचार स्रोत प्रहरी जनसेवा




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु