मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

राजनीतिक दल फुटाउन सहज हुनेगरी जारी भएको अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

बिहीबार ३ भाद्र, २०७८ Grace Himalaya 1225


राजनीतिक दल फुटाउन सहज हुनेगरी जारी भएको अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

राजनीतिक दल फुटाउन सहज हुनेगरी जारी भएको अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानमा भएको प्रावधान र सर्वोच्च अदालतले यसअघि गरेको फैसलाको विपरीत हुनेगरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको भन्दै अदालतमा रिट दर्ता भएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् । 

अधिवक्ताहरू सरोज बुढाथोकी, प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेश खारेजीको माग राखेर रिट दर्ता गरेका हुन् । दर्ता भएका ६ वटै रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने अदालतका प्रवक्ता दाहालले बताए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहीवार अध्यादेश जारी गगरिसकेकी छिन् । अध्यादेशकै आधारमा महन्थ ठाकुरको अध्यक्षतामा जनता समाजवादी पार्टी लोकतान्त्रिक र नेकपा एमाले समाजवादी पार्टी नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । 

अध्यादेशमा दल फुटाउन सहज हुने गरी २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भएमा नयाँ पार्टी दर्ता गर्न सकिने उल्लेख छ ।  




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु