सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

समुह बनाई चोरी गर्ने व्यक्तिहरूलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ

सोमबार २० जेष्ठ, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1146


समुह बनाई चोरी गर्ने व्यक्तिहरूलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ

समुह बनाई पाकेटमारी चोरी गर्ने व्यक्तिहरु लाई ललितपुर प्रहरीले पक्राऊ गरेको छ 

 

  ग्रेश  हिमालय काठमाडौँ २०८२ जेष्ठ जेठ १९ सोमबार 

ललितपुर : भोटो टोजात्राका पावन अवसरमा दर्शन गर्न आएका भक्तजनहरूलाई लक्षित गरी केही समूह बनेर पाकेटमार गरी चोरी गर्ने व्यक्तिहरूलाई ललितपुर प्रहरीले पक्राउ गरिएको छ।

 

।मिति २०८२।०२।१८ गतेका दिन जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ जावलाखेल स्थितमा रातो मछिन्द्रनाथको भोटो जात्रामा दर्शन गर्न आउने श्रद्बालु भक्तजनहरुको भिडभाड भएको मौका पारी रातो मछिन्द्रनाथको भोटो जात्रामा घुम्न आएको वहानामा श्रद्बालु भक्तजनहरुको साथमा रहेको नगद /मोबाईल समेतका धनमालहरु पकेटमारी चोरी गरेको भनि सूचनापाएपछि  उनीहरूलाई पक्राऊ गरेको हो 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएका सादा पोशाकमा खटिएका प्रहरी टोलीले पकेटमारी चोरी गर्ने व्यक्तिको निगरानी एवं पहिचान गरी निजहरुको साथबाट विभिन्न कम्पनी र मोडेलका ७ थान मोबाईल सेटहरु, नगद रु. २१,५५५।- ( अक्षेरुपी एक्काइस हजार पाँच सय पचपन्न रुपैयाँ) समेत बरामद गरी निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी परिसरका एक अधिकारीले जानकारी दिएका छन् 

 

 

:पक्राउ परेका व्यक्तिहरुको विवरण:

१. जिल्ला दोलखा भीमेश्वर नगरपालिका वडा नं. २ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं सतुंगल बस्ने बर्ष २७ को राकेश फुयाल ।

२. जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ६ स्थायी वतन भई हाल काठमाण्डौं नैकाप बस्ने बर्ष ३० को पूर्ण कार्की

३. जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ टेकानपुर स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं गोकर्णेश्‍वर नगरपालिका वडा नं. ५ सुन्दरीजल बस्ने बर्ष २९ को सागर बोहरा 

४. जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. ६ शिवटोल स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका गौशाला बस्ने बर्ष ३५ को मनोज शाह हलुवाई

५. जिल्ला मकवानपुर वागमती गाउँपालिका वडा नं. ८ स्थायी वतन भई हाल जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ ठैव बस्ने बर्ष २३ को अनुप मगर 

६. जिल्ला उदयपुर बेलटार नगरपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्‍वर बस्ने बर्ष २६ को पवन मगर

७. जिल्ला धनुषा जनकपुर घर भई हाल लालितपुर बस्ने बर्ष ६७ को सृष्‍टी चौधरी

समाचार श्रोत: जिल्ला प्रहरी परिसर ललितपुर 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु