बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

इन्द्र तामाङ्ग, सरस्वति तामाङ्ग, धर्मराज खतिवडा र संगीता नेपालको अभिनयमा 'हे मायाँ, आयो (भिडियो सहित)

आईतवार २३ मंसिर, २०८१ Grace Himalaya 1247


इन्द्र तामाङ्ग, सरस्वति तामाङ्ग, धर्मराज खतिवडा र संगीता नेपालको अभिनयमा 'हे मायाँ, आयो (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक दोहोरीका पारखीहरु माझ आफ्नो छुट्टै पहिचान जमाउँन सफल इन्द्र तामाङ्गको शब्द रेशम थिङ्ग अनि मदन भुसालको लय सृजनामा दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत भर्खरै मात्र एक गीत सार्वजनिक भएको छ । उक्त गीत "हे मायाँ" नामाकरणको साथमा सार्वजनिक भएको हो । गीत मदन भुसालको प्रस्तुतिमा रहेको छ ।

यस गीत संग सम्बन्धित कलाकार इन्द्रले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनि एक सर्जक मात्र होइनन् सफल मोडल पनि हुन् । इन्द्रद्वारा अभिनित केहि म्युजिक भिडियोहरु दर्शकहरुले हेरिसकेका छन् ।

साथै सर्जक रेशम र मदन पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्बृद्धिका लागी महत्वपूर्ण भिमिका निर्वाह गर्ने कलाकार हुन् । यी र यस्तै गीतहरुलाई आफ्ना श्रोता तथा दर्शकहरुले मन पराईदिनु भएमा अझै उकृष्ट गीतहरु बजारमा ल्याउने द्वय कलाकारहरुको प्रण छ ।

गीतमा इन्द्र तामाङ्ग र अर्चना स्याङ्गतानको सुमधुर स्वर सुन्न सकिन्छ । कृष्ण लामिछानेको संगीत संयोजनद्वारा सुसजित "हे मायाँ" बोलको गीतको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् । मरुभूमि नारायणको छायांकन रहेको गीतलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । गीतमा इन्द्र तामाङ्ग, सरस्वति तामाङ्ग, धर्मराज खतिवडा र संगीता नेपालको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्ना यहाँ क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु