आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

भदौ १७ गते नेपाल सरकार र सद्गुरूबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

मंगलवार १४ भाद्र, २०७९ Grace Himalaya 1415


भदौ १७ गते नेपाल सरकार र सद्गुरूबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं– विश्व प्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियान अन्तर्गत नेपाल सरकारसँग यही भदौ १७ गते सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ ।

नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँबीच बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने भएको हो ।

सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन दिने कार्यक्रम समेत रहेको छ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका मन्त्रीहरू तथा पाँच हजारभन्दा बढी मानिसहरू उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ ।

विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचार प्रचार आफ्नो सामाजिक दायित्व भएको भन्दै नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने तयारी रहेको छ । यसबाट कार्यक्रममा सहभागि हुन नसक्ने दर्शकहरुले नेपाल नेटवर्क टेलिभिजनमार्फत घरबाटै माटोको महत्ववारे ज्ञान लिन तथा कार्यक्रमलाई प्रत्यक्ष हेर्न सक्ने टेलिभिजनले जनाएको छ ।

माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो ।

माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउ योग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

माटोको विनाशको सङ्कटलाई सबै सामु छर्लङ्ग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा प्रारम्भ गरेका थिए । यात्राको शुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् ।

६ क्यारिबियन राष्ट्रहरूसहित अजरबैजान, युएई लगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू आयूसिएन, संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यूएनसिसिडी, डब्ल्यूएफपी तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु