सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवर्द्धन गर्न आवश्यक भएको प्रदेश १ का मुख्यमन्त्री राईको भनाई

शुक्रबार ९ पुष, २०७८ Grace Himalaya 1415


आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवर्द्धन गर्न आवश्यक भएको प्रदेश १ का मुख्यमन्त्री राईको भनाई

आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवर्द्धन गर्न आवश्यक भएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् । इलामको माई नगरपालिका–१ को बिहीबारेमा आजदेखि सुरु भएको प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताएका छन् । उनले सिमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पुर्‍याउने बताए ।

महोत्सव उद्घाटन समारोहमा प्रदेश सभा सदस्य काजीमान कागते, माइ नगर पालिका प्रमुख दीपक कुमार थेबे, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केसी समेतका वक्ताहरूले १३ कुने सिमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरूप अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नगर प्रमुख थेबेले १३ कुने सिमसार क्षेत्रको विकासमा प्रदेश सरकार र सङ्घसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

१३ कुने सिमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष कहरसिंह राईको अध्यक्षतामा भएको महोत्सव उद्घाटनका क्रममा उराउ, राई, सुनुवार र लिम्बु समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । महोत्सव आगामी ११ गतेसम्म सञ्चालन हुने भएको छ । चुरे क्षेत्रमा रहेका १३ कुने सिमसार क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक, कार्यक्रम, खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सिमसार क्षेत्र करिब सय रोपनी क्षेत्रमा फैलिएको छ । त्यहाँ रहेको पोखरीमा डुङ्गा चढ्ने व्यवस्था समेत गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु