मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नु पर्ने

शनिबार ६ कार्तिक, २०७८ Grace Himalaya 1143


नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नु पर्ने

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नु पर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन देइएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी रहेका थिए ।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिएका छन् । मन्त्री ज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ, उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘त’ भन्न मिल्दैन । सम्मानाथी’ शव्द प्रयोग गर्नुपर्छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् । अब सम्मान सहितको सेवा सञ्चालन गर्नु पर्ने निर्देशन गृहमन्त्री खाणले दिएका हुन् ।

संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नु पर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शव्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो । अब संगठनमा कसैले कसैलाई ‘त’ भन्ने छैनन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु