मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने

शुक्रबार ८ आश्विन, २०७८ Grace Himalaya 1521


असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने

असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले आज बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको बताइएको छ । यसअघि वर्षातका कारण सडकमा धेरै क्षति पुगेको र गाडी चलाउन समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट बुकिङ खोल्नुपर्ने बताउँदै आएको थियो ।

भोलि शुक्रवार सडक मर्मतकाे विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगाना सँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरू नहुने पनि स्पष्ट पारेका छन् ।

महासङ्घले भाडा समायोजनको विषयमा सङ्घीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरू काठमाण्डाैका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिएका छन् । उनले अनलाइन प्रविधिमाफत बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरूबाट सहजै बुकिङ गर्न सकिने बताएका छन्। 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु