मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

राष्ट्रियसभा सदस्य निर्वाचनका लागी पुस १२ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त

बुधबार ७ पुष, २०७८ Grace Himalaya 1324


राष्ट्रियसभा सदस्य निर्वाचनका लागी पुस १२ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशहरूलाई पुस १२ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन हुने जिल्लाका न्यायाधीश निर्वाचन अधिकृत नियुक्त भएका जानकारी दिएका छन् ।

 

 

१ नम्बर प्रदेशका लागि जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश भरत लम्साल, २ नम्बर प्रदेशका लागि धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेल बागमती प्रदेशका लागि मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशका लागि दाङका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेतका न्यायाधीश राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलालीका न्यायाधीश जयानन्द पनेरु निर्वाचन अधिकृत तोकिएका छन् ।

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु