मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने

बिहीबार २२ पुष, २०७८ Grace Himalaya 1191


देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।

 

 

 

 

 

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य समेत हो । भ्रमणका क्रममा नयाँदिल्लीमा देउवा र मोदीबीच द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसअघि स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा देउवा र मोदीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु