शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

अर्को उत्कृष्ट गीत "लाजको घुम्टो" बजारमा आयो (भिडियो सहित)

आईतवार २७ भाद्र, २०७८ Grace Himalaya 1324


अर्को उत्कृष्ट गीत "लाजको घुम्टो" बजारमा आयो (भिडियो सहित)

 काठमाण्डौ भाद्र २७ - नेपाली गीत संगीतको बजारमा अलिफ खान र सागर माया जिरेलको सुमधुर स्वरमा पुनः अर्को "लाजको घुम्टो" बोलको गीत सार्बजनिक भएको छ । तीजगीतको  रमझमले अन्य सदाबहार गीत बजारमा आउन केहि रोकिएको र अब भने यस्ता गीतहरु प्रसस्त मात्रा बजारमा आउन थालेपछि, यस गीतले पनि राम्रै स्थान जमाउनेमा ढुक्क रहन सकिन्छ । किन कि गीतमा भएको सम्पूर्ण समायोजन उत्कृष्ट रहेको छ ।

प्रस्तुत गीतलाई लय सागर माया जिरेलले तयार पारेकी हुन् भने शब्द नयन सोडारी चिन्तितको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र अरुणा बस्नेत डोजरवालीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन माधब श्रेष्ठले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन उत्तम कुमार कार्कीले गरेका छन् । सागर माया जिरेलको प्रस्तुतिमा आएको "लाजको घुम्टो" बोलको गीतलाई सागर माया जिरेल कै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु