शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई दिए निर्देशन

शुक्रबार १८ भाद्र, २०७८ Grace Himalaya 1322


संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई दिए निर्देशन

गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराको अवलोकन गर्दै मन्त्री थापाले समयको परिवर्तनसँगै सेवामा समेत परिवर्तन हुनुपर्ने बताएका छन् । 

उनले पहिले टेलिफोनको महशुल तिर्न आउँदा दिनभरीको समय लिएर आउनुपर्ने बाध्यता भए पनि अहिले त्यस्तो स्थिति नभएको उल्लेख गरेका छन् । पहिले म राष्ट्रबैंकको कर्मचारी हुँदा टेलिफोनको महशुल तिर्न दिनभरी लाइन लाग्नु पर्थ्यो । अहिले त्यस्तो अवस्था छैन । प्रविधिको विकास सँगै हामी पनि परिवर्तशील भएका छौं  । घरमै बसेर अनलाइनका माध्यम महशुल तिर्न सक्ने व्यवस्था भएको छ, उनले भने । 

मन्त्री थापाले आफ्नो मन्त्रालयले संचार क्षेत्रलाई समेत हेर्ने भएकाले धेरै योजनाहरू तय भएको र त्यसको कार्यान्वयनका लागि सबैको सल्लाह, सुझावको अपेक्षा रहेको बताएका छन् । उनले भने, ‘मन्त्रालयले सूचना संचारसम्बन्धी केही योजना अगाडि सारेको छ । बजेटसमेत विनियोजन भएको अवस्था छ । त्यसलाई पुरा गर्न प्राविधिक साथीहरुसँग पनि हामीले अवश्य छलफल गर्नेछौं । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु