मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन 

बिहीबार १७ भाद्र, २०७८ Grace Himalaya 1400


नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन 

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत बताएको छ । अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

 

 

 

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु