बुधबार ९ भाद्र, २०७८
पुर्बप्रधानमन्त्रि एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका माथि प्रश्न उठाएका छन् । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेको भन्दै उनले प्रश्न उठाएका हुन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप समेत लगाएका छन् ।
आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेश अनुसार दल विभाजन गराउनका लागि नै सभामुखबाट उनीहरु पदमुक्त भएको सूचना जारी नगरिएको उनले आरोप लगाएका छन् । लेखराज भट्टजी हरुलाई कारवाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन, सभामुख तिर लक्षित गर्दै उनले भने, ‘नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’ यसअघि भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा पनि ओली सभामुखमाथि खनिएका थिए ।