बुधबार २ भाद्र, २०७८
प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय समेत गरेको खबर बाहिरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल सम्बन्धि अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।
लगतै माधब नेपाल समूह नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।श्रोतका अनुसार नेकपा एमाले समाजवादीको संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।